आजका लागि यी ५ प्रदेशमा चट्याङ सँगै मनसुनी वर्षाको सम्भावना भने यी ठाउँमा भारी बर्षा

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा तथा लुम्बिनीको पूर्वी र पश्चिम नेपालको केही भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव सक्रिय छ।

CP Hospital Dhangadhi

यस प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, मधेस लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा र चट्याङको सम्भावना रहेको छ। विशेषगरी कोशीका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

nawajiwan
Attariya Hospital

आज राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी प्रदेशमा भारीदेखि अति भारी वर्षाको जोखिम उच्च छ, जबकि अन्य प्रदेशमा पनि एक–दुई स्थानमा यस्तो सम्भावना छ।

मौसम कार्यालयले सतर्कता अपनाउन अपिल गरेको छ, किनकि वर्षा, चट्याङ र हिमपातले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पार्न सक्छ। आवश्यक सतर्कता नअपनाए ठूलो क्षति हुने चेतावनी दिइएको छ।

Advertize US