एमसिसी नेपालमै निरन्तर रहने, अमेरिकी विदेश मन्त्रालयबाट विशेष स्वीकृति

Image
Nisarga Hospital

संयुक्त राज्य अमेरिकाको सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ। हालै अमेरिकी विदेश मन्त्रालयबाट भएको वैदेशिक सहायता समीक्षा अवधिमा पनि एमसिसी नेपाल कम्प्याक्टलाई विशेष अपवाद दिइएको हो।

CP Hospital Dhangadhi

गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले विश्वव्यापी वैदेशिक सहायता कार्यक्रमको समीक्षा गरिरहँदा लागू गरिएको ९० दिने रोकका बावजुद एमसिसी नेपाललाई निरन्तरता दिन विशेष स्वीकृति प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उक्त अपवादका कारण समीक्षा अवधिमा पनि एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका कार्यक्रमहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउन मार्ग खुलेको छ।”

nawajiwan
Attariya Hospital

दूतावासले एमसिसी र नेपाल सरकार, विशेषतः अर्थ मन्त्रालय र एमसिए–नेपालसँग नजिकको सहकार्य गर्दै कार्यान्वयनमा पारदर्शिता, सुशासन, जोखिम व्यवस्थापन र प्रभावकारिता सुनिश्चित गर्ने लक्ष्यका साथ गतिविधिहरू अघि बढिरहेको जनाएको छ।

विज्ञप्तिमा एमसिसीले अमेरिका र नेपाल सरकारका साझा प्राथमिकतासँग मेल खाने गरी चालु कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको उल्लेख गरिएको छ। साथै, सम्भावित नयाँ प्रतिबद्धतासमेत समेट्दै दीर्घकालीन आर्थिक वृद्धि र नेपाली जनताको समृद्धि प्रवर्द्धनमा सघाउने दाबी गरिएको छ।

अन्त्यमा, अमेरिका नेपालसँगको दीर्घकालीन द्विपक्षीय सम्बन्ध मजबुत बनाउँदै, आर्थिक विकासका साझा उद्देश्यमा सहयोग गर्न प्रतिवद्ध रहेको पनि दूतावासले स्पष्ट पारेको छ।

# ट्रेण्डिङ