भारी वर्षा र हिमपातको उच्च जोखिम: कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका बासिन्दालाई सतर्क रहन आग्रह

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदरभन्दा दक्षिणतर्फ रहेकोले विभिन्न प्रदेशहरूमा मौसम परिवर्तनशील रहेको छ।

CP Hospital Dhangadhi

मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। बागमतीका केही, कोशीका थोरै र कर्णाली तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

आज दिउँसो र राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीसहित देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

nawajiwan

साथै, हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातसहितको वर्षाको सम्भावना पनि रहेकोले जोखिममा रहेका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भारी वर्षा र हिमपातका कारण पहिरो, डुबान तथा बाढीको सम्भावना समेत रहेकाले पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन्।