देशभर मनसुनी प्रभाव, गण्डकीमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहँदा मौसममा बदलीको स्थिति देखिएको हो।

CP Hospital Dhangadhi

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थान र केही तराई क्षेत्रहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

nawajiwan
Attariya Hospital

राति पनि देशका पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहनेछ। यस्तै, पहाडी क्षेत्रका केही स्थान तथा तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Advertize US