रवि लामिछानेलाई नख्खु कारागार लगियो

Image
Nisarga Hospital

अत्तरिया : सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुना (भैरहवा कारागार) मा रहेका रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार लगिएको छ।

CP Hospital Dhangadhi

कारागारमा सरुवाका लागि लामिछानेले निवेदन दिएका थिए। अदालतको अनुमति पश्चात् पनि उनलाई भैरहवा कारागारमै राखिएको थियो।

Attariya Hospital

कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गर्ने कारागार व्यवस्थापन विभागको पत्राचार अनुसार उनलाई शनिबार विमानमार्फत काठमाडौं लगिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताए । ४ः४० बजे बुद्ध एयर उडान मार्फत उनलाई काठमाडौं लगिएको हो।

nawajiwan

सुरक्षाकर्मीको साथमा उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं सुरज कार्कीले बताए।

Advertize US