यसपाली वैशाख देखि साउनमा २८५३ विपद्का घटना, १२६ जनाको मृत्यु

Image
Nisarga Hospital

गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर २,८५३ वटा विपद्का घटना घटेका छन्। ती घटनामा परेर १२६ जनाको मृत्यु भएको छ भने ५८५ जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर २३ जना बेपत्ता भएका छन् भने करिब ५,०४१ परिवार प्रभावित भएका छन्।

देशभर घटेका प्रमुख घटनाहरू यसप्रकार छन्:

nawajiwan

बाढी – २१६

पहिरो – ३१७

भारी वर्षा – २२१

चट्याङ – २४५

सर्पदंश – ७७

आगलागी – १,११४

डढेलो – १५८

हुरी/बतास – २७७

जनावर आक्रमण – १७२

Attariya Hospital

लेक लागेको – ४६

भूकम्प – ५

डुङ्गा पल्टेको – २

असिना/हुरी/अन्य – प्रत्येक १

साउन ३१ गते मात्रै देशभर:

आगलागी – ७

बाढी – १

पहिरो – ८

अविरल वर्षा – ४

जनावर आक्रमण – ३

त्यस दिन विपदमा परेर एक जनाको मृत्यु भएको र अनुमानित क्षति करिब ३८ लाख ४० हजार रुपैयाँ बराबर भएको छ। विपदबाट प्रभावितको उद्धार र राहतका लागि १४० प्रहरी परिचालन गरिएको छ।

Advertize US