मनसुन कमजोर भए पनि केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव परेको छ।

CP Hospital Dhangadhi

यसको प्रभावस्वरूप कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कर्णाली तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

nawajiwan
Attariya Hospital

आज राति पनि कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाले कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।