
नन्दन यादवको घातक बलिङ प्रदर्शनले नेपाललाई टप एण्ड टी–२० शृङ्खलामा पहिलो जीत दिलाएको छ। मंगलबार सम्पन्न खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै शृङ्खलामा विजयी सुरुवात गरेको हो।

१ सय ८१ रनको लक्ष्य पछ्याएको हरिकेन्स १६.१ ओभरमै ११४ रनमा समेटियो। नेपालको जितमा मुख्य भूमिका खेलेका नन्दनले ४ ओभरमा मात्र १७ रन खर्चेर ५ विकेट झारे।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए। ओपनर आसिफ शेखले २९ रन र कुशल भुर्तेलले २७ रन जोडे। लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २५ रन बनाए भने भीम सार्कीले १८ रन थपे।


बलिङतर्फ होबार्टका निभेथम राधाकृष्णन् र राफ म्याकमिलनले २–२ विकेट लिँदा, मार्कस बिन, गाबे बेल र ब्राडली होपले समान १–१ विकेट हात पारे।
यो जितसँगै नेपालले शृङ्खलामा मनोबल बढाउने संकेत दिएको छ।

















