मनसुन कमजोर तर वर्षा सम्भावना यथावत्, कोशी–गण्डकीमा सतर्कता आग्रह

Image
Nisarga Hospital

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरकिएकाले नेपालमा मनसुन केही कमजोर अवस्थामा छ। तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले देशका विभिन्न भूभागमा वर्षाको प्रभाव देखिएको छ।

CP Hospital Dhangadhi

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागमा सामान्य बदली छ भने तराईका अधिकांश भाग आंशिक बदली भएका छन्। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनीको पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ। तराईका केही स्थानमा समेत मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

nawajiwan
Attariya Hospital

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्यत्र आंशिक बदली हुनेछ। मधेस, कोशी, बागमती र गण्डकीका तराई तथा पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

Advertize US