कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, स्थापना तथा सहिद दिवस उत्सव हुँदै

Image
Nisarga Hospital

कर्णाली प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। भदौ ४ गते पर्ने प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा बिदा दिइएको हो।

CP Hospital Dhangadhi

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार, २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नै यस वर्ष पनि प्रदेशभर सार्वजनिक बिदा दिइएको हो।

Attariya Hospital

दिवसको अवसरमा आज बिहान प्रभातफेरि कार्यक्रम गरिएको छ भने बिहीबारसम्म विभिन्न कार्यक्रममार्फत स्थापना तथा सहिद दिवसलाई उत्सवका रूपमा मनाइने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

nawajiwan
Advertize US