विद्यालय शिक्षा विधेयक समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

Image
Nisarga Hospital

विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक छलफल गरी विधेयकलाई समृद्ध बनाइएको जानकारी दिँदै प्रतिवेदन प्रस्तुत गरे।

CP Hospital Dhangadhi

समितिबाट बिहीबार पारित उक्त प्रतिवेदनमा लामो समयपछि परिवर्तन हुँदै गरेको ऐनले विद्यालय शिक्षामा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ। तर प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका छन्।

Attariya Hospital

माओवादी केन्द्रले छात्रवृत्ति व्यवस्थाबारे उपसमितिको प्रस्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ। रास्वपाले आवाससहित पूर्ण छात्रवृत्ति हुनुपर्ने माग गर्दै तीन बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रस्तावमा आपत्ति जनाएको छ।

nawajiwan
Advertize US