लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

Image
Nisarga Hospital

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको आज निधन भएको छ। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, मनमोहन सेन्टरमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुमपूर्व इन्चार्ज खेममान खड्काका अनुसार रुकुमपूर्व तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएको थियो। अस्पतालमा एकैपटक दुई जटिल शल्यक्रिया गरिएको थियो।

Attariya Hospital

पहिलो शल्यक्रियामार्फत उनले छोरीलाई जन्म दिइन् भने दोस्रो शल्यक्रियामा मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको खड्काले जानकारी दिएका छन्।

nawajiwan

पुन एमालेबाट समानुपातिक प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।

Advertize US