गुवाहाटी टी–२० सिरिज: आसामले नेपाल ‘ए’लाई १८ रनले पराजित

Image
Nisarga Hospital

भारतको गुवाहाटीमा जारी टी–२० सिरिजको चौथो खेलमा आसामले नेपाल ‘ए’लाई १८ रनले हराएको छ। आसामले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन मात्र बनाउन सकेको हो।

CP Hospital Dhangadhi

नेपाल ‘ए’का कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। टस जितेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। कप्तान सुमित घडिअन्करले सर्वाधिक अविजित ७० रन बनाए र २०औं ओभरको पहिलो बलमा रिटायर्ड भए।

Attariya Hospital

नेपालका आकाश चन्दले २ विकेट लिएका थिए भने बसिर अहमदले १ विकेट लिए। सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ १५ रनले पराजित भएको थियो, दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो भने तेस्रो खेलमा ९ रनले विजयी भएको थियो। नेपाल ‘ए’सँग आसामसँग कुल ५ खेल खेल्ने तालिका रहेको छ।

nawajiwan