सप्तकोसीमा पानीको बहाव उच्च : ३८ ढोका खोलिँदा खतराको रातो सङ्केत

Image
Nisarga Hospital

सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्न कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएका छन्।

CP Hospital Dhangadhi

पहाडी भेगमा निरन्तर वर्षा भएपछि बेलुकी १० बजे गरिएको मापनअनुसार नदीमा प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पानीको बहाव पुगेको हो। दिउँसो ४ बजेको मापनमा २ लाख ५६ हजार १० क्युसेक बहाव हुँदा ३४ ढोका खोलिएको थियो।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार ब्यारेजमा रातो बत्ती बालिएको छ, जसले खतराको सङ्केत गर्छ। हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि वर्षा जारी रहेकाले सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

nawajiwan
Advertize US