
चीनको थियानजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन्।

बेइजिङमा उहाँले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने कार्यक्रम छ। साथै उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। यसअघि थियानजिनमै प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चीनफिङसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्।

भ्रमणको अन्तिम कार्यक्रमअन्तर्गत नेपाली प्रतिनिधिमण्डल भदौ १८ गते बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ प्रतिरोधी युद्धको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ। सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ।


















