नेविसंघले ओलीको राजीनामा माग्दै सरकारको दमनलाई ‘रक्षकबाट भक्षक’को आरोप

Image
Nisarga Hospital

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ।

CP Hospital Dhangadhi

सभापति दुजाङ शेर्पाले शनिबार बिहान जारी विज्ञप्तिमा जेनजीले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा सरकार रक्षकबाट भक्षकमा परिणत भएको निष्कर्ष निकाल्दै यस्तो माग गरिएको बताए।

विज्ञप्तिमा भनिएको छ, “सुरक्षा कायम गर्ने बहानामा निहत्था युवा–विद्यार्थीमाथि बख्तरबन्द हतियारधारी प्रहरीले गोली हानी हत्या गर्नुले लोकतन्त्र र मानव अधिकार दुवै माथि आघात पुगेको छ।”

nawajiwan
Attariya Hospital

नेविसंघले प्रदर्शनमा प्रशासनिक शक्तिको चरम दुरुपयोग र मानव अधिकार उल्लङ्घन गर्ने गृहमन्त्री, गृह प्रशासन कर्मचारी र प्रहरी नेतृत्वविरुद्ध कडा छानबिन तथा कारबाहीको पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ।

त्यस्तै, विद्यार्थीहरूले उठाएका जायज माग पूरा गर्न र भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सशक्त बनाई शून्य सहनशीलताको नीति व्यवहारमा ल्याउन आग्रह गरिएको छ।

# ट्रेण्डिङ