
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

उहाँले आफ्नो निर्णय औपचारिक रूपमा राष्ट्रका नाममा सम्बोधनमार्फत सार्वजनिक गर्ने बताइएको छ।

सम्माननीय राष्ट्रपतिज्यू,
सम्बत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।
केपी शर्मा ओली प्रधानमन्त्री
मितिः २०८२।०५।२४






























