
जेनजी आन्दोलनकारीहरूले सिंहदरबारभित्र पसेर सबै मन्त्रालयमा आगजनी गरेका छन्। आगोले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतका कार्यालय प्रभावित भएका छन्।

सिंहदरबारबाट उठेको धुवाँ राजधानीभर फैलिएको छ। यसअघि संसद् भवन, राष्ट्रपति कार्यालय, अदालत, प्रहरी कार्यालय, नेताका घर र पार्टी कार्यालयहरू समेत आगोले ध्वस्त भएका थिए।

घटनाले राजधानीमा सुरक्षा र प्रशासनिक व्यवस्थामा ठूलो चुनौती सिर्जना गरेको छ।





















