
बाँकेको नौबस्थास्थित बाल सुधारगृहमा गएराति झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका सुरक्षा निकायले जनाएको छ। मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।


झडपको क्रममा प्रहरीले नियन्त्रण प्रयास गरेको थियो। घाइतेहरूलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएको थियो। तीमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको पुष्टि भएको छ। घटनाको कारण र थप विवरणको अनुसन्धान जारी रहेको सुरक्षा स्रोतले जनाएको छ।




















