सुशीला कार्की बनिन देशको पहिलो महिला प्रधानमन्त्री, ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन हुने

Image
Nisarga Hospital

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए। कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उपस्थित थिए, तर सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेता मञ्चमा थिएनन्।

CP Hospital Dhangadhi

प्रधानमन्त्री कार्कीले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकी छन्। नयाँ गठित सरकारले फागुन महिनाभित्र नयाँ जनादेशका लागि निर्वाचन आयोजना गर्ने तयारी अघि बढाउनेछ। राजनीतिक अस्थिरता र गतिरोधका बाबजुद कार्कीको नेतृत्वले देशमा स्थायित्व र व्यवस्थापन कायम राख्ने अपेक्षा छ।

Attariya Hospital

यस शपथ ग्रहणसँगै कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन्, जसले न्यायपालिका र कार्यपालिकामा इतिहास रचेकी आफ्नो अनुभवको आधारमा मुलुकलाई निर्वाचनसम्म सुरक्षित नेतृत्व दिनेछिन्।

nawajiwan
Advertize US