आजको मौसमः आजका लागि देशभरका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ भने अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले प्रभाव पारेको छ। अहिले देशभर साधारणतया बदली छ।

CP Hospital Dhangadhi

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी, मधेस र बागमतीका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। सुदूरपश्चिमका थोरै स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।

Attariya Hospital

राति पनि देशभर बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ।

nawajiwan

👉 आज सूर्योदय बिहान ५:४९ बजे र सूर्यास्त साँझ ६:०७ बजे हुनेछ।

Advertize US