दशैं लक्षित यात्राः घटस्थापना देखि रुट परमिट खुला, सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ कायम

Image
Nisarga Hospital

सरकारले दशैंको चाडपर्वलाई लक्षित गर्दै घटस्थापनादेखि २२ असोज (पूर्णिमासम्म) नेपालभर सार्वजनिक सवारीका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस निर्णयलाई औपचारिक रूप दिएको हो।

CP Hospital Dhangadhi

बैठकले केही बाटोमा विशेष प्रकृतिका कारण निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधनका लागि बन्देज जारी रहने जानकारी दिएको छ। यसले सडक सुरक्षामा समेत ध्यान दिएको बताइएको छ।

Attariya Hospital

मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था निरन्तरता दिने निर्णय पनि बैठकले गरेको विभागले जनाएको छ। यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न यो कदम आवश्यक मानिएको छ।

nawajiwan

यातायात आवागमनलाई व्यवस्थित बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ट्रेलर तथा ठूला सवारी साधनलाई ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौँ रुटमा चलाउन नपाउने निर्णय पनि बैठकले गरेको छ।

Advertize US