आज विश्वकर्मा पूजा र वास्तु दिवस : कालीगढको श्रद्धा, यन्त्र र औजारमा आराधना

Image
Nisarga Hospital

आज नेपालभरका कालीगढहरुले भगवान् विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व धुमधामसँग मनाउँदै छन्। प्रत्येक वर्ष कन्या संक्रान्तिका दिन मनाइने यस पर्वमा कलकारखानालगायत स्थानमा भगवान् विश्वकर्माको बालुवाको मूर्ति वा तस्बिरमा विशेष पूजा गरिन्छ।

CP Hospital Dhangadhi

कलकारखानाहरू सजाएर मजदुरलाई सहभागी गराइने यो पर्वमा औजार तथा सवारीसाधनमा पनि विधिपूर्वक पूजा गर्ने प्रचलन छ। धार्मिक विश्वासअनुसार यस दिन औजारमा पूजा गर्दा टिकाउ हुने, राम्रो काम गर्ने र अप्रीतिकर घटना टर्ने मान्यता छ।

Attariya Hospital

विश्वकर्मालाई प्राचीनकालदेखि नै महान् वास्तुविद् मानिन्छ। धर्मशास्त्रअनुसार उहाँले समुद्रबीच ‘भेद द्वारका’ निर्माण गरेका थिए। वास्तुशास्त्रीहरूका अनुसार उहाँकै रचना ‘विश्वकर्मा प्रकाश’ ग्रन्थमा वास्तु विद्याको उल्लेख छ।

nawajiwan

यही सम्झनामा आज कालीगढ समुदायले भव्य पूजा गरी विश्वकर्माको विद्वत्ता सम्मान गर्ने गरेको छ। पछिल्लो समय नेपालमा वास्तु विद्याप्रतिको आकर्षण बढ्दै गएपछि यो पर्व अझ महत्वका साथ मनाइने गरिएको छ।