फागुन २१ को प्रतिनिधि सभा निर्वाचन : मतदाता नाम दर्तामा सीमितता

Image
Nisarga Hospital

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नाम भदौ २७ भित्र दर्ता गराएका मात्रै भोट हाल्न पाउने भएका छन्। मतदाता नामावली ऐन २०७३ अनुसार निर्वाचन मिति घोषणा भइसकेपछि नयाँ नाम दर्ता हुँदैन।

CP Hospital Dhangadhi

तर फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने र नागरिकता बनाइसकेका व्यक्तिहरूले मतदान गर्न पाउने व्यवस्था छ। यसरी नागरिकता बनाउँदा नाम दर्ता नहुने वा छुटेका व्यक्तिहरूले भोट हाल्न सक्ने छैनन्।

निर्वाचन आयोगको तथ्यांक अनुसार २०८१ चैत ३ सम्म १ करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता छन्, जुन अघिल्लो निर्वाचनभन्दा १ लाख ६० हजार बढी हो। पछिल्लो २८ महिनामा ५ हजार ७ सय १७ मतदाता मासिक रूपमा थपिएका छन्।

nawajiwan
Attariya Hospital

निर्वाचन आयोगले नामावलीमा दोहोरो नाम र मृतक विवरण हटाउने कार्यसमेत गर्नेछ। हाल आयोगमा जेन–जी उमेरका मतदाता छुटेका कारण पुन: नाम दर्ताको माग आइरहेको छ।

आयोगका पदाधिकारीले भने, “आयुक्तहरूबीच छलफलपछि विशेष परिस्थिति अनुसार निर्णय आउन सक्छ, तर अहिले नयाँ नाम दर्ता कानुनी रुपमा सम्भव छैन।”

Advertize US