
एसिया कपको समूह चरणको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गर्दै सुपर्फोरमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनायो। जवाफी लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ४ विकेट मात्र गुमाए पनि १६७ रनमै रोकियो।

भारतका अभिषेक शर्माले १५ बलमा ३८ रन र सञ्जु सामसनले ५६ रनको अर्धशतक प्रहार गरे। बलिङतर्फ ओमानका फैसला शाह, जितेन रमनन्दी र आमिर कलमीले समान दुई–दुई विकेट लिएका थिए।

ओमानको ब्याटिङमा आमिर कलिमले ६४ रन र हम्माद मिर्जाले ५१ रनको अर्धशतक बनाए। तर, हार्दिक पाण्ड्या, आर्शदीप सिंह, हरसित राना र कुलदीप यादवले एक–एक विकेट लिएपछि ओमानको लक्ष्य अधुरो रह्यो।

यो जितसँगै भारत ६ अंकका साथ समूह ‘ए’को विजेता बन्यो भने ओमान प्रतियोगिताबाट बाहिरियो।

















