जेनजी आन्दोलनका घाइतेको ५ बुँदे माग प्रधानमन्त्रीसँग

Image
Nisarga Hospital

जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग पाँच बुँदे माग राखेका छन्। बालुवाटार पुगेर उनीहरूले आन्दोलनमा गोली प्रहार गर्नेलाई कारबाही, संविधान संशोधन, आन्दोलनको संरक्षण, भ्रष्टाचार छानबिन र दीर्घकालीन समाधानका विषयमा माग गरेका हुन्।

CP Hospital Dhangadhi

आन्दोलनका प्रतिनिधि रुपिन खड्काका अनुसार माग पूरा गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री कार्कीले सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र कानुनी प्रक्रियाअनुसार काम गर्ने प्रतिबद्धता जनाइन्।

Attariya Hospital

उनले तोकिएको समयमै निर्वाचन हुने र भ्रष्टाचारविरुद्धका छानबिन तीव्र गतिमा अघि बढिरहेको बताइन्। “हामीलाई दिइएको म्यान्डेटअनुसार काम गर्छौं, तपाईंहरू बोल्न नछाड्नुहोस्, दबाब दिन पनि नछाड्नुहोस्,” प्रधानमन्त्री कार्कीले भनिन्। उनले निकट भविष्यमा नतिजा देखिने दाबी पनि गरिन्।

nawajiwan