आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २: नेपाल आज यूएईसँग भिड्दै

Image
CP Hospital Dhangadhi

आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार खेल बिहान ११:१५ बजे यूएईमा सुरु हुनेछ। यो खेल नेपालका लागि यूएई टुरमा दोस्रो हो। नेपालले यसअघि अमेरिकासँग खेल्दै हार व्यहोरेको थियो भने यूएई पनि अमेरिकासँगै पराजित भएको थियो।

Attariya Hospital

लिग २ मा १७ खेल खेलेको नेपाल हाल १२ अंकसहित सातौँ स्थानमा छ भने समान १७ खेल खेलेको यूएई ६ अंकसहित पुछारमा रहेको छ। अंक तालिकामा अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ, त्यसपछि क्रमशः स्कटल्यान्ड ३०, नेदरल्यान्ड २८, ओमान २४, क्यानडा २१ र नामिबिया १९ अंकसहित रहेका छन्।

nawajiwan

यस लिगमा आठ टोली सहभागी छन् र नेपालले आफ्नो प्रदर्शन सुधार्दै अंक तालिकामा माथि उठ्ने प्रयास गर्नेछ। आजको खेलले नेपालका कप्तान र खेलाडीहरूको क्षमताको वास्तविक परीक्षण हुनेछ।