एनएसपिएलमा खप्तड सुदूरपश्चिम थन्डरको विजयी सुरुवात

Image
CP Hospital Dhangadhi

काठमाडौंमा जारी नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) क्रिकेट प्रतियोगितामा खप्तड सुदूरपश्चिम थन्डरले आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको छ। टि–१० फर्म्याटमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी राइडर्सलाई ६ विकेटले पराजित गर्‍यो।

Attariya Hospital

लुम्बिनीले टस जितेर ब्याटिङ रोज्दा १० ओभरमा ९ विकेट गुमाउँदै ६१ रन बनायो। लुम्बिनीका लागि दीप नारायणले सर्वाधिक २५ रन बनाए। ६२ रनको लक्ष्य सामना गर्दै सुदूरपश्चिमले ७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कृष्ण बिष्टले २६ र केशवचन्द्र डिसीले १६ रन योगदान गरे। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दीपकराज जोशी म्यान अफ द म्याच घोषित भए।

nawajiwan

प्रतियोगितामा देशभरका ७ प्रदेशबाट ७ टिम सहभागी छन्। लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा हुनेछ भने शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। विजेताले २१ लाख रुपैयाँ, उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउने छन्।