पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय, तीन प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशभर हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरका कारण बागमती र गण्डकी प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली भएको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी तीनै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।

Attariya Hospital

आज राति पनि तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च भूभागका केही स्थानमा पुनः हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

nawajiwan

यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातसहित वर्षा हुन सक्ने देखिएकाले चिसो बढ्ने, दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने महाशाखाको चेतावनी छ। त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।