सर्वोच्च, सिंहदरबार र प्रहरी कार्यालयमा आगजनी : १३ विरुद्ध मुद्दा दर्ता

Image
Nisarga Hospital

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भदौ २४ गते भएको आगजनी र तोडफोड घटनामा संलग्न १३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र विभिन्न प्रहरी कार्यालयमा आगजनी तथा विध्वंस गरिएको आरोप छ।

CP Hospital Dhangadhi

सर्वोच्च अदालतमा आगजनी गरी एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको अभियोगमा सुनिल श्रेष्ठसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ। त्यस्तै सिंहदरबारमा तोडफोड र आगजनी गरेको आरोपमा आशिष गुरुङविरुद्ध आपराधिक उपद्रव तथा डाँका सम्बन्धी कसुरमा अभियोग लगाइएको छ।

Attariya Hospital

प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको आरोपमा अन्य प्रतिवादीविरुद्ध पनि मुद्दा चलाइएको छ। घटनापछि सर्वोच्च प्रशासनले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा अनुसन्धान सम्पन्न गरी अभियोगपत्र दायर गरिएको जनाइएको छ।

nawajiwan