केही दशक देखि सासन गर्दै आएका ठूला तीन दलका पूर्वप्रधानमन्त्रीमाथि अनुसन्धान, पक्राउसमेत सुरु

Image
Nisarga Hospital

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि प्रमुख तीन दलबाट प्रधानमन्त्री बनेका पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ। अनुसन्धानमा नेपाली कांग्रेसका Sher Bahadur Deuba, नेकपा एमालेका K. P. Sharma Oli र नेकपा (माओवादी केन्द्र) का Pushpa Kamal Dahal रहेका छन्।

CP Hospital Dhangadhi

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीलाई पत्राचार गरी संयुक्त रूपमा अनुसन्धान अघि बढाएको हो। यससँगै पूर्वमन्त्री Arzu Rana Deuba र Deepak Khadka तथा उनीहरूको परिवारको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतसमेत छानबिनमा परेको छ। आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान जारी रहेको बताइएको छ।

Attariya Hospital

यसैबीच, प्रहरीले केपी शर्मा ओली र पूर्व गृहमन्त्री रहेश लेखकलाई ज्यानसम्बन्धी छुट्टै मुद्दामा पक्राउ गरिसकेको छ। उता, सम्पत्ति शुद्धीकरण प्रकरणमा दीपक खड्का पनि पक्राउ परेका छन्। देउवा दम्पति हाल विदेशमा छन् भने प्रचण्ड र भुषण राणा पक्राउ परेका छैनन्।

nawajiwan

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सीआईबीमार्फत अघि बढिरहेको छ भने अन्य मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौं सक्रिय छ।