मौरीको सँगत गरे फुलमा पुगिन्छ, झिंगाको सँगत गरे फोहरमा : प्रधानमन्त्री ओली

label सुदूर खबर संवाददाता query_builder August, 17 2018

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रममा बोल्दै मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्।

गत निर्वाचन अघि राजपा त्यागी नवलपरासी १ बाट प्रतिनिधि सभाको चुनावमा सूर्य चिन्ह लिएर विजयी भएका हृदेयेश त्रिपाठी र बृजेश गुप्ता लगायतका नेताहरुलाई पार्टी प्रवेश गराउने क्रममा बोल्दै ओलीले आफूले मौरीको जस्तै उडान गरेको बताए।प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई विश्वास गरेर आबद्ध हुन आउनेहरु निराश हुननपर्ने समेत बताए ।

सूर्य चिह्न लिएर चुनाव लडेका अरु केही नेताहरु पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।नेकपा प्रवेश गरेका नेतालाई सो पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आज विहान नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत गरेका हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्