सिंहदरबारमा नांगै धर्ना बस्न खोज्ने लिम्बु पक्राउ

label सुदूरखबर संवाददाता query_builder August, 17 2018

 काठमाडौं,  भदौ १ । नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् । नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।

उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्नेमा जितिन लिम्बु छन् ।

सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले बताए । हाल लिम्बुलार्इ वृत्तको हिरासतमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्