अमेरीकी डलर बन्यो इतिहासकै महङ्गो

label सुदूरखबर संवाददाता query_builder August, 17 2018

काठमाडौँ, भदौ १ । अमेरीकी डलर इतिहासकै महङ्गो बनेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर एक सय ११ रुपैयाँ ९५ पैसा तोकेको छ । अमेरिकी एक डलरको बिक्री मूल्य १ सय १२ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

एक यूरोको खरिददर १ सय २७ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर १ सय २८ रुपैयाँ ०४ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४२ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १ सय ४३ रुपैयाँ ०१ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ १० पैसा र बिक्री दर १० रुपैयाँ १५ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्री दर ३० रुपैयाँ ९१ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा र बिक्री दर ३ सय ७० रुपैयाँ ८९ पैसा रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्