उज्वल र खुस्बुले जिते ‘मिस्टर एण्ड मिस एम्पेरर’ उपाधि

label सुदूरखबर संवाददाता query_builder August, 17 2018

काठमाडौं, भदौ १ । ‘मिस्टर एण्ड मिस एम्पेरर’ उपाधि उज्वल दुलाल र खुस्बु गिरीले जितेका छन् । बिहिवार राष्ट्रिय सभागृहमा अबेर साँझ आयोजित प्रतियोगितामा दुलालले पुरुष र गिरीले महिलातर्फको उपाधि हात पारेका हुन् ।

दुलाल र गिरीले अब दोश्रो चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । ‘मिस्टर एण्ड मिस एम्पेरर’का यी दुई विजेताले म्यूजिक भिडियो लगायतमा विभिन्न अवसर समेत हात पारेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ ओजस्वी थापा र सुरज खत्री क्रमशः फष्ट रनरअप र सेकेण्ड रनरअप बन्दा महिलातर्फ सुप्रभा खत्री र स्वस्तिका सापकोटा क्रमश फष्ट रनर अप र सेकेण्ड रनर अप चुनिए ।

फिनालीमा नायक गौरव पहारी, चलचित्र निर्देशक अमरदीप सापकोटा, नायक सञ्जोग कोईराला, निर्माता कृषा चौलागाईँ लगायत निर्णायकको रुपमा रहेका थिए । कार्यक्रममा नायक सलिनमान बानिया, निर्माता अशोक शर्मा, नायक निराजन प्रधान, नायिका नम्रता सापकोटा, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई लगायतको उपस्थिति थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्