दोगडाकेदार गाउँपालिकाका वडा वडामा फ्रि–वाइफाइ

label सुदूरखबर संवाददाता query_builder August, 19 2018

विनोद सिंह विष्ट/सुदूरखबर।
बैतडी, भदौ ३ । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा ई–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वटै वडा कार्यालयमा ई–हाजिरी र ईन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै सकिने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

हरेक वडा कार्यालयका लागी प्रसासनिक खर्चवाफत छुट्याइएको रु ५ लाख बजेटबाटै ई–हाजिरी र ईन्टरनेट जडान गर्न निर्देशन दिएको उनले बताए । गाउँपालिकालाई नै प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गरिन लागेको बताइएको छ ।

दोगडाकेदार गाउँपालिकाको कार्यालयमा गतबर्ष नै ई–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गर्ने कार्य सम्पन्न भइसकेको छ । कार्यालयको सबै कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउनका लागि आधुनिक प्रविधिको प्रयोगमा दोगडाकेदार गाउँपालिकाले जोड दिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्