बैतडीका गजेन्द्र यू–१९ राष्ट्रिय टोलीमा

label सुदूरखबर संवाददाता query_builder August, 19 2018

विनोद सिंह विष्ट/सुदूरखबर।
बैतडी, भदौ ३ । बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौंका गजेन्द्र बोहरा यू–१९ क्रिकेट टोलीको शीर्ष ३० मा छनौट भएका छन् । देशभरीका १ हजार बढी प्रतिस्प्रर्धीलाई पछि पार्दै गजेन्द्र शीर्ष ३० मा पर्न सफल भएका हुन् ।

गत साउन २८ गतेदेखि काठमाडौंमा भएको छनौट चरणमा गजेन्द्र शनिबार शीर्ष ३० अटाउन सफल भएका हुन् । यू–१६ र यू–१९ का प्रशिक्षक विनोद दाससंग प्रशिक्षण लिइरहेका गजेन्द्रले अगामी यू –१९ टोलीमा पर्ने सम्भावना प्रवल रहेको छ ।

बैतडीस्थित निङ्गलाशैनी क्रिकेट क्लव(एनसिसि)संग आवद्ध १५ वर्षिय दाँया हाते ब्याट्सम्यान गजेन्द्रले यसअघि पनि विभिन्न रेकर्ड कायम गरेका छन् । गत बर्ष बैतडीमा सम्मन्न बिडिसिए कप क्रिकेट ईतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडीको रेकर्ड कायम गरेका थिए ।

उनले ५५ बलमा १४३ ब्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेको हो । जसमा २१ चौका र ७ छक्का सामेल रहेका थिए भने ४२ बलमै शतक बनाएका थिए । यसअघि केही महिना अगाडी सम्पन्न मनमोहन ममोरियल यू–१६ क्रिकेट प्रतियोगितामा उनले प्रदेश नं ७ (सुदूरपश्चिम)को टोलीवाट सहभागी भएका थिए ।

भदौ अन्तिम सातादेखि भारतमा हुने यू १९ एकदिवसिय टी सिरिजमा आफु छनौट भएर खेल्न पाए बैतडी र देशकै नाम राख्ने गजेन्द्रले बताए । उनले भने–‘मैले उक्त सिरिजको लागी छनौट भई खेल्न पाएका राम्रो प्रदर्शन गरी देशकै नाम उच्च राख्नेछु ।’

काठमाडौं जारी रहेको छनौटका अन्तिम ३० खेलाडीको छनौट भईसकेको छ भने केही दिनभित्रै १९ जनाको प्रारम्भिक टोली घोषणा गरिने जनाईएको छ । त्यसपछि बन्द पशिक्षणपछी अन्तिम टोलीको घोषणा हुनेछ । गजेन्द्रले यसअघि राष्ट्रपति रनिङ शिल्डका लागी सुदूरपश्चिम यू–१६ को टिमवाट प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । भने एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा पनि काठमाडौं किंग्स् ईलेभनका लागी छनौटका क्रममा तेस्रो राउण्ड सम्म पुगेका थिए ।

गजेन्द्र विगत २ वर्षदेखि काठमाडौंस्थित हिमालयन क्रिकेट एकेडेमीमा निरन्तर प्रशिक्षणमा छन् । भारत मुम्बईस्थित एडभान्स क्रिकेड एकेडेमी गजेन्द्रले सन २०१४ देखि २०१६ सम्म प्रशिक्षण गरेका थिए । उनले मुम्बईमा रहेको आजाद मैदानमा निरन्तर २ वर्ष प्रशिक्षण गरेका थिए । बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौंमा विस २०५९ जन्मिएका गजेन्द्र निकै लगनशिल र मेहनती खेलाडीका रुपमा परिचित छन् ।

बिडिसिए कपको १७ संस्करण सम्म पुग्दा गजेन्द्र नयाँ रेकर्ड कायम गरेका गजेन्द्रले यू–१९ राष्ट्रिय टोलीमो अन्तिम ३० सम्म पुग्नु निकै खुसीको खबर भएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्दले बताए ।

बैतडीका नाम राख्दै छनौट भएका गजेन्द्रलाई अगामी छनौटको शुभकामना छ उनले भने–‘यस जिल्लावाट थुप्रै खेलाडीले राष्ट्रिय र अन्र्तराष्ट्रिय खेलीसकेका छन, गजेन्द्रलाई पनि शुभकामना छ ।’

नयाँ प्रतिभाको पहिचान गरी उचित स्थान सम्म पुर्याउनु आफ्नो दायित्व रहेको समेत उनले बताए । क्रिकेटको उर्वरभुमी भनेर चिनिने बैतडीमा गजेन्द्र जस्तै थुप्रै नवप्रतिभाको खोजीका लागी बैतडी जिल्ला क्रिकेट संघले हरेक बर्ष क्रिकेट गतिविधि गरिरहेको छ ।

नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्न लागेको हो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू–१९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुने बताइएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्