युट्युबमा आउने केही विज्ञापन स्किप गर्न नमिल्ने

label सुदूरखबर संवाददाता query_builder August, 27 2018

काठमाडौं, भदौ ११ । युट्युबको दायरा फराकिलो बन्दै गएको छ । पहिलो गीत वा चलचित्र या यस्तै अरु भिडियो सामग्रीका लागि मात्रै हेरिने युट्युब पछिल्लो समय समाचारदेखि सबै प्रकासका भिडियो सामग्रीका लागि चर्चित भएको छ ।

धेरै विधिमा धेरै युट्युबर छन्, जसले यसैबाट राम्रो आय गरेका छन् । त्यो आएको स्रोत विज्ञापन नै हो । युट्युबमा कुनै भिडियो हेरिरहँदा वा भिडियो सुरु हुँदा विज्ञापन आउँछ ।

ती विज्ञापनलाई निश्चित समयपछि स्किप गर्न सकिन्छ । तर चाँडै नै युट्युबका भिडियोमा आउने विज्ञापन स्किप गर्न मिल्ने क्रम कम हुनेछ । अर्थात स्किप गर्न नमिल्ने खालका विज्ञापन पनि आउँदै छन् ।

मोनिटाइज भएका युट्युब च्यानलहरुले छानिएका भिडियो सामग्रीमा स्किप गर्न मिल्ने खालका विज्ञापन राख्न पाउने गरी नयाँ व्यवस्था फिचर आउँदैछ ।

यसबाट युट्युबरले धेरै आय गर्न सक्ने छन् भने विज्ञापनदाताले बढी रकम तिर्नु पर्नेछ । यस्ता स्किप गर्न नमिल्ने विज्ञापनहरु बढीमा २० सेकेण्डको हाराहारीका हुनेछन् ।

तपाईंको प्रतिक्रिया दिनुस्