पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

label सुदूरखबर संवाददाता query_builder September, 06 2018

काठमाडौं, भदौ २१ । इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनः इन्धनको मूल्य वृद्धि गरेको हो। बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो।

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ। पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै पेट्रोलको नयाँ मूल्य १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मूल्य १४ सय रुपैयाँ पुगेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्