अफगानिस्तान प्रिमियर लिग ड्राफ्टमा ३ नेपाली खेलाडी

label सुदूर खबर संवाददाता query_builder September, 10 2018

अफगानिस्तान क्रिकेट बोर्ड ( एसीबि ) ले पहिलो पटक आयोजना गर्न लागेको अफगानिस्तान प्रिमियर लिगको ( एपीएल ) ड्राफ्टमा ३ जना नेपाली खेलाडीहरु पनि समाबेस गरिएका छन्।

पहिलो संस्करणको एपीएल युनाइटेड अरब इमिरेट्सकको शारजाहं क्रिकेट मैदानमा ५ देखि २३ अक्टोबर ( असोज १९ – कार्तिक ६ ) सम्म आयोजना हुनेछ। एपीएलको ड्राफ्ट कार्यक्रम सोमबार युएईमा हुँदैछ जसमा ३५० भन्दा बढी खेलाडीहरु सहभागी हुनेछन्।

नेपालबाट सन्दिप लामिछाने सहित, पारस खड्का र सोमपाल कामि ड्राफ्टमा रहेका छन्। सन्दिपले आईपीएल, क्यानडा ग्लोबल टि-२० र सीपीएल खेलीसके पनि पारस खड्का र सोमपाल कामि लगायत अन्य कुनै नेपाली खेलाडीहरु हालसम्म बिश्वस्तरीय लिगमा खेलेका छैनन्। सन्दिप पछि ठुलो बिदेशी लिगमा अन्य खेलाडीहरु परेको यो पहिलो पटक हो।

पारस खड्का लगातार कप्तान र खेलाडीको रुपमा निरन्तर एसोसीएट क्रिकेटमा उत्कृस्ट खेलाडीको रुपमा आफुलाई प्रमाणित गरिरहेका छन् भने सोमपाल कामिले पनि आफुलाई बारम्बार एसोसिएट क्रिकेटको उत्कृस्ट अल-राउण्डरको रुपमा प्रमाणित गरेका छन्। सन्दिप पछि ठुलो स्तरमा पारस र सोमपालले मौका पाउनेछन् या पाउने छैनन् सोमबार हुने ड्राफ्टले निर्धारण गर्नेछ।

एपीएल ड्राफ्टमा अफगानिस्तान सहित, पाकिस्तान, बंगलादेश, श्रीलंका,वेस्ट इन्डिज, साउथ अफ्रीका, अस्ट्रेलिया,इंग्ल्याण्ड, आयर ल्याण्ड, जिम्बाबे, युएई, स्कटल्याण्ड, हंगकंग, ओमान,नेपाल र क्यानडाका खेलाडीहरुले नाम दर्ता गराएका छन्।


ड्राफ्टमा रहेका खेलाडीहरुलाई आइकन, डायमण्ड, गोल्ड, सिल्भर, आईसीसी एसोसीएट र इमर्जिङ्ग गरि बिभिन्न ६ श्रेणीमा बिभाजन गरिएको छ। खेलाडीहरुको श्रेणी , नामहरु र मूल्य लगायत जानकारी अफगानिस्तान प्रिमियर लिगले खुलाएको छैन।

एपीएलमा कुल ५ वटा टिम सहभागी हुने छन् जसको घोषणा यसैसाता अफगानिस्तान क्रिकेट बोर्डले गरेको हो। काबुल, बल्ख, कन्दहर, नगरहर र पक्तिया गरि ५ वटा अफगानिस्तानको सहरको नाममा टिमको नाम राखिएको छ। अंतर्रास्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले गत महिनानै अफगानिस्तान प्रिमियर लिगलाई अनुमति दिईसकेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्