बैतडीमा दुई यात्रुवहाक बस जुधे, १९ यात्रु घाइते

label सुदूरखबर संवाददाता query_builder September, 10 2018

विनोद सिंह विष्ट/सुदूरखबर।
बैतडी, भदौ २५ । महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको बांगाबगर नजिक आज अपरान्ह २ यात्रुवहाक बस ठोक्किएका छन् । २ बस एक आपसमा ठोक्किँदा १९ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

महेन्द्रनगरवाट दार्चुलाका लागी छुटेको ना ६ ख ७४२० बस र गन्नावाट महेन्द्रनगरका लागी छुटेको ना ४ ख ७५४७ नम्बरको बस अपरान्ह साढे ४ बजे बांगाबगर ठोक्किएका हुन् । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

 

घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । बस ठोक्किनुको कारण खुल्न सकेको छैन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्