कतै तपाईलाई मानसिक सन्तुलन बिग्रिने जोखिम त छैन, मानसिक असन्तलुनको खतरा न्यून पार्ने उपायः

label सुदूर खबर संवाददाता query_builder September, 11 2018

अनुसन्धानमा तनावको जोखिमको सम्बन्धमा ठोकुवा गरेर केही भनिएको छैन। तर, तनावपूर्ण जीवनयापनले मस्तिष्कको काम प्रभावित हुने र मानिसको बिस्तारै बिस्तारै मानसिक सन्तुलन गुम्नसक्ने बताइएको छ। विस्कन्सिन स्कुल अफ मेडिसिन युनिभर्सिटीले गरेको अनुसन्धानमा अफ्रिकी र अमेरिकीहरूलाई अन्य मानिसको तुलनामा तनावको जोखिम धेरै हुने पत्ता लागेको थियो। स्मरण परीक्षणमा उनीहरूको नतिजा निकै खराब थियो।

यसप्रकार छन् मानसिक असन्तलुनको खतरा न्यून पार्ने उपायः

१. सातामा कम्तिमा पनि पाँच दिन दैनिक आधा घन्टा शारीरिक काम वा व्यायाम गर्ने।

२. धूमपान नगर्ने, गरिरहेकाले त्याग्ने।

३. स्वस्थ र सन्तुलित भोजन गर्ने। भोजनमा माछा, फलफूल, हरिया सागसब्जी समावेश गर्ने। रातो मासु र चिनीको मात्रा घटाउने।

४. मदिरा सेवन गर्नेले सातामा १४ युनिट (बेलायतमा जारी मदिरापान सम्बन्धी नयाँ निर्देशिका अनुसार) भन्दा बढी नपिउने।

५. उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र टाइप–टु मधुमेह ख्याल गर्ने।

६. मस्तिष्कघात, हृदयरोग र मधुमेहको जोखिमबाट जोगिन आफ्नो शारीरिक वजनको पनि ख्याल गर्ने।

७. मस्तिष्कलाई सक्रिय राख्ने, वर्ड सर्च, माइन्ड गेम खेल्ने र नयाँ कुरा सिक्ने।

८. आफूलाई सामाजिक रुपमा सक्रिय राख्ने अर्थात् एक्लिनबाट जोगिने।

तपाईंको प्रतिक्रिया दिनुस्