दुबईमा छोरालाई बचाउन रु. ६० लाख ब्लडमनी जुटाउनु पर्ने भएपछी बुढीआमाको आँखामा टिलपिल आशु ( सके सहयोग गर्नुहोला नसके १ सेयर गर्नुहोला

label सुदूर खबर संवाददाता query_builder September, 14 2018

तेहथुम, । धन कमाउन भनि दुबई गएको छोरालाई मृत्यु दण्ड दिने खबर आए पछी बृद्द आमाको बलिन्धारा आशु झरिरहेको छ । बिगत ४ बर्षदेखि दुबईको जेलमा रहेका तेह्रथुम फेदाप गाउँपालिका–२ साबिक ओयाक्जुङ–८ मझुवाका खड्कबहादुर जोगीलाई ब्लडमनी संकलन गर्न नसक्दा उनको परिवारजन चिन्तामा परेका छन् । केहि महिना ब्लड मनी रकम जम्मा नगरे उनलाई फाँसीको सजाय हुने बताइएको छ ।

परिवारको एक मात्र कमाउने व्यक्ति त्यो पनि विदेशको जेलमा भएपछी परिवारको के हालत होला अन्दाज लगाउन सकिन्छ । युएईको अबुधाबी स्थित अल गल्फ डेभलोपमेन्ट कम्पनीमा कार्यरत जोगी ड्युटी जाने क्रममा उनिसंगै गाडीमा बसेका एक फिलिपिनो नागरिक गाडीबाट झरेको र कम्पनीका सुपरभाईजरको निर्देशनमा आफैले अस्पताल लादा घाईतेको मृत्यू भएपछि स्थानीय अदालतले जोगीलाई हत्या नै गरेको कसुरमा ५ बर्ष जेल र दुईलाख दिराम (नेपाली ६० लाख रुपैया) ब्लड मनी जरिवाना तोकेको थियो ।

तोकिएको ब्लड मनी जम्मा नगरे उनलाई फाँसीको सजाय हुने भएकाले त्यति ठूलो रकम कसरी जम्मा गर्ने भनेर आफुहरु चिन्तामा परेको पीडा उनकी पत्ती डम्माकुमारी जोगी बताउछिन ।

बाबा जीवन मरणको अवस्थामा विदेशमा रहेको हुदा छोरीले पनि पढाई छोडेर घर गृहस्तीमा बोजु र आमालाई सघाउन थालेकी छिन । पुरा भिडियो हेर्नुहोस :

तपाईंको प्रतिक्रिया दिनुस्