पूर्व राजा ज्ञानेन्द्र एक महिना लामो विदेश भ्रमणमा निस्कदै

label सुदूरखबर संवाददाता query_builder September, 14 2018

काठमाडौँ, भदौ २९ । पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना लामो विदेश भ्रमणका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गर्ने भएका छन् । उनी थाइल्याण्डबाट श्रीलंका, मालदिभ्स र भारत हुँदै करिब एक महिनापछि नेपाल फर्कने उनको निजि सचिवालय श्रोतले जानकारी दिएको छ।

पूर्व राजा शुक्रबार दिउँसो थाइ एयरलाइन्सको उडानबाट बैंकक तर्फ प्रस्थान गर्नेछन् । निजि भ्रमणका क्रममा विदेश निस्कन लागेका पूर्व राजा शाहले करिब एक महिनाको अवधीमा पारिवारीक भेटघाट र भ्रमणमा बिताउने पनि उनको सचिवालयले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्