पक्राउ परेका युुवकमाथि जबरजस्तीकरणीको मुद्धा

label सुदूरखबर संवाददाता query_builder September, 14 2018

विनोद सिंह विष्ट/सुदूरखबर।
बैतडी, भदौ २९ । १६ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका –४, बस्ने २४ वर्षीय नन्दु जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

पक्राउ परेका युवकमाथि शुक्रबार जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्धा दर्ता भएको प्रहरी प्रवक्ता जोशीले बताए । उनले भने–‘मुद्धा दर्ता भई कानुनी प्रक्रिया अगाडी बढेको छ ।’ युवकलाई जिल्ला अदालत बैतडीमा म्याद थपका लागी पठाएको छ । जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्धामा ३ वर्षसम्म जेल सजाय हुनुका साथै ३० हजारसम्म जरिवाना हुने कानुनमा उल्लेख गरिएको छ ।

बुधबार शाहिलेक बजारबाट घर फर्किँदै गर्दा दशरथचन्द नगरपालिका–४, की एक किशोरीलाई ठूलीखोला जंगलमा भन्ने ठाँउमा जोशीले जबर्जस्ती करणी गर्न खोजेको हो ।

पिडित किशोरीका अनुसार तीजको सामान लिएर घर फर्किरहेको बेला जंगलमा जबरजस्तीकरणी गर्ने खोजेको आरोप रहेको छ । तर युवकले भने किशारीले भेट्न बोलाएर मात्र गएको प्रहरीसमक्ष बयान दिएको छ । १ घण्टा सम्म जवरजस्तीकरणीको प्रयास भएको र आफूसंग भएको सर–सामानहरु जंगलमै छोडेर भाग्न सफल भएको पिडित बालिकाको भनाइ छ । घटना बारे थप अनुसन्धान भैरहेको छ ।

यो पनि पढ्नुस् :
बैतडीमा किशोरीमाथि यौनदुराचारको आरोपमा युवक पक्राउ
तपाईंको प्रतिक्रिया दिनुस्