नेपाल एकिकरण पश्चात पञ्चायत काल देखी बहालवाला प्रधानमन्त्री बारे जान्नै पर्ने ज्ञानमूलक जानकारी

label सुदूर खबर संवाददाता query_builder September, 14 2018

नेपालमा प्रधानमन्त्रीको पद सन् १७९९ मा सुरू भएको मानिएको छ । मूलकाजी दामोदर पाण्डेले राजा रणबहादुर शाहको अनुपस्थितिमा मूलकाजी भै सशक्त एकलौटी शासन चलाएका थिए । दामोदरको हत्यापश्चात भीमसेन थापा मुख्तियार पदमा नियुक्त भएका थिए । उनीपछिका सबै प्रधानमन्त्रीलाई मुख्तियार भनियो । प्राइम मिनिष्टर (प्रधानमन्त्री) भनी सम्बोधन गरिएका तथा पहिलो पटक प्रधानमन्त्रीको श्रीपेच लगाउने माथवरसिंह थापा हुन् ।

तर दामोदर पाण्डेभन्दा पूर्व नेपाल एकीकरणपश्चात काजी अभिमान सिंह बस्नेतले मुख्य प्रशासक मूलकाजीको उपाधिले कार्यसम्पादन गर्दथे । त्यसैले उनी एकीकृत नेपालका प्रथम प्रधानमन्त्री सरहका व्यक्तित्व हुन् । त्यस्तै देवानकाजी वंशराज पाण्डे, राजकुमार बहादुर शाह, मूलकाजी कीर्तिमान् सिँह बस्न्यात र मूलकाजी बख्तावर सिंह बस्न्यात स्पष्ट प्रतिनिधि देखिन्छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्