संघीयताका कारण राष्ट्रियता धरापमा : अध्यक्ष केसी

label सुदूरखबर संवाददाता query_builder September, 14 2018

कञ्चनपुर, भदौ २९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजी गनुपर्ने बताएका छन । शुक्रबार भीमदत्तनगरमा अखिल छैठौँ कञ्चनपुरको १० औँ जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले संघीयताका कारण राष्ट्रियता धरापमा परेको भन्दै खारेजी गनुपर्ने बताएका हुन् ।

अध्यक्ष केसीले राष्ट्रिय बचाउन संघीयता खारेजी गरेर एकल राज्य प्रमाणली अबलम्बनमा जोड दिए । ‘नेपालमा नयाँ संविधान, गणतन्त्र, लगायत जनताका थुप्रै अधिकार आएसंगै संघीयता पनि आएको छ, ‘उनले भने, ‘संघीयता मुलुकका समस्या भएको छ ।’ नेपाल जस्तो मुलुकले संघीयता धान्न नसक्ने जिकिर गर्दै अध्यक्ष केसीले छलफलै नगरीकन ल्याएको संघीयता जनताले अहिले महसुस गरेको बताए ।

यसैबीच अध्यक्ष केसीले १३ वर्षीय निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता लगाउन सरकारले पहल गनुपर्नेमा जोड दिए । हत्या भएको दुई महिना वितिसक्दा पनि सरकारले वास्तविक हत्यारा पत्ता लगाउन ढिलाई गरेकोप्रति शंका भएको बताए ।

‘बलात्कारी र हत्यारा जो सुकै किन नहोस, कानुनको दायमा ल्याउनुपर्छ, ‘उनले भने, ‘जसको सिंहासन पल्टिएपनि हत्यारा र बलात्कारी पत्ता लगाउनुपर्छ ।’

प्रहरीबाट हाकाहाकी त्रृटी भएको भन्दै अध्यक्ष केसीले हत्याराको पहिचान नगरेसम्म निरन्तर निर्मलाको न्यायका लागि आन्दोलनमा होमिन समेत आब्हान गरेका छन् । अनुसन्धानमा गल्ती गरेका प्रहरीलाई कार्बाही गनुपर्ने उनको भनाइ थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्