दार्चुलामा पनि मनाइयो विश्व शान्ति दिवस (फोटो)

label सुदूरखबर संवाददाता query_builder September, 21 2018

लोकेन्द्रप्रसाद जोशी/सुदूरखबर। 
दार्चुला, असोज ५ । अन्तर्राष्ट्रिय विश्व शान्ति दिवस दार्चुलामा समेत भव्यताका साथ मनाइएको छ । ‘शान्ति, सुरक्षा, सम्मान र स्वाभिमानकालागि संगसंगै’ भन्ने आदर्श वाक्यका साथ जिल्ला सदरमुकामस्थित सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुमा गठित नेपाल स्काउटले शान्ति र्यालीको साथै वक्तृत्वकला, दौड प्रतियोगिता, सास्कृतिक कार्यक्रमको आयोजना गरी शुक्रबार दिवस मनाइएको हो ।

जिल्ला सदरमुकामस्थित खलंगा बजारमा शिक्षक विद्यार्थीहरुले स्काउट गीत गाउँदै शान्ति र्यालीको आयोजना गरेर अक्सफोर्ड एकेडेमीमा औपचारीक कार्यक्रमको आयोजना गरिएको हो । शान्तिका लागि प्रार्थना, सबैजनालाई सुख, शान्ति, शुभ, स्वस्थ्यता होस् भनेर राष्ट्रभक्ति र स्वाभिमानी नारा लगाउदै दिवस मनाइएको छ ।

शावित्री सोर्णाकारको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख जयराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । कार्यक्रममा अहिलेसम्म नेपालमा शान्ति स्थापना नभएकै कारण विकासले गति नलिएको कारण विकासका लागि शान्ति आवश्यक रहेकोमा जोड दिएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्