पोखरा काहुँडाँडामा बस दुर्घटना हुँदा ८ जना घाइते

label सुदूर खबर संवाददाता query_builder September, 23 2018

पोखरा महानगरपालिका – ११ काहुँडाँडामा आइतबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

काहुँबाट बजार तर्फ आउदै गरेको ग १ ख ६०९८ नम्बरको बस दुर्घटनामा हुदाँ ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डीएसपी रबिन्द्रमान गुरुङले बताए ।

डीएसपी गुरुङका अनुसार घाइतेहरु मध्ये २ जनाको अवस्था मध्यम रहेको र अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचार भइरहेको छ । उनिहरुको परिचय भने खुल्न बाकी रहेको डीएसपी गुरुङले बताए । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको उनले जनाए ।

बसको गति बढी भएका कारण घुम्ती काट्ने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्