जीर्ण बन्दै बैतडी–दार्चुला जोड्ने मोटरेबल पुल (फोटोफिचर)

label सुदूरखबर संवाददाता query_builder September, 23 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, असोज ७ । बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमाथिको मुख्य मोटरेबल पक्की पुल जीर्ण हुँदै गएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

आर्थिक वर्ष २०५९/६० मा बनेका पूल दार्चुला जिल्लालाई सुगम बनाउने एक मात्र मोटरेबल पुल हो । दार्चुला सदरमुकामलाई सडकको पहुँचमा पुर्याउने पुलको रुपमा रहेको सो पुल पछिल्लो समयमा जीर्ण हुँदै स्थानीय समाजसेवी सुरेश श्रेष्ठले जानकारी दिए । मोटर पुलमा सम्बन्धित निकायको ध्यान नपुग्दा जीर्ण बन्दै गएको हो । उनले भने–‘मर्मत सम्भार अभावले सडक र यातायातले दार्चुलालाई मुलुक संग जोड्ने उक्त पुल जीर्ण बन्दै गएको छ ।’

दार्चुलालाई सडक सञ्जाल संग जोड्न १ सय २० मिटर लामो पुल ५ करोड लागतमा निर्माण भएको हो । १६ वर्ष अघि निर्माण पुरा भएको पक्की पुलको समयमा मर्मत र संरक्षण नहुँदा संरचनाहरु कमजोर बन्दै गएका छन् । निर्माण पश्चात एक पटक मात्रै पुलमा रंगरोगन गरिएको छ । त्यस बाहेक सरोकारवाला पक्षले हेर्न नै छोडेको गोकुलेश्वरका स्थानियले बताएका छन् ।

यो पुल निर्माण पछि मात्रै दार्चुला राज्यको सडक मार्गको पहुचमा जोडिएको हो । गतबर्ष केही मर्मतसम्भारको काम गरिएको भएपनि निर्माण गर्ने बेला नै गुणस्तरिय रुपमा नबन्दा छिट्टै जीर्ण बन्दै गोकुलेश्वरका तिलक साँउदले बताए ।

चमेलिया पुलले बैतडी र दार्चुला जिल्लाको आर्थिक वृद्धिमा टेवा पु¥याएको छ, भने देशका विभिन्न स्थानबाट दार्चुला भित्रिने सयाँै यातायातका साधनहरु यहि पुल भएर भित्रिने र बाहिरीने गरेका छन् । क्षमता भन्दा बढी र ठुला यातायातका साधनहरुको आवत जावतले उक्त पुल जिर्ण बन्दै गएको हो ।

पुलको वारी पारी सडकमा रहेका नाली समेत व्यवस्थित नहुँदा पानी परेपछी सबै पानी पुलमै जम्मा हुने गरेको स्थानीय अमरराज जोशीको भनाइ छ । नालीको निकास नहुँदा पानी सबै पानी पुलमै जम्मा हुने गरेको छ ।

उनले भने–‘पानी जम्मा भएर पैदल हिडडुल गर्न समेत समस्या हुने गरेको छ । पुलको बिच भागमा पिच बिग्रेर खाल्डाखुल्डी परेका छन् ।’ सो मोटरेबल पुलको पीच उप्किएको तथा जीर्ण हुँदै गएको स्थानीय व्यापारी जगदिश भट्टले बताए । उनले भने–‘ठुला गाडीहरु ओहोरदोहोर गर्दा समेत पुल हल्लिने गरेको छ ।’

जिल्लाको आर्थिक मेरुदण्डको रुपमा रहेको यो पुल बन्द हुने अवस्था आयो भने दार्चुला झन दुर्गम बन्ने र विकास समेत पछाडि धकेलिने समाजसेवी श्रेष्ठको भनाइ छ । पुलमा गाडी चलेको बेलामा पैदल हिड्ने यात्रुहरु पुल हल्लिदा भाचिने होकी जस्तो लाग्ने गरेको स्थानीय दान सिंह थलालले बताए । निर्माण कम्पनीले असुरक्षाको कारण देखाउदै रंगरोगन नै नगरी छाडेको स्थानीयले बताए । अहिले उक्त पुलको पिलर र बारमा खिया लागेको छ ।

पुलको गुणस्तरीय निर्माण कार्य नभएका कारण म्याद सकिन अघि नै जीर्ण हुदै गएको स्थानीयको आरोप छ । निर्माण भएयता मर्मत र हेरचाह नभएको स्थानीय बताएका छन् । जिल्लाको प्रवेशद्धारका रुपमा रहेको उक्त पुलको मर्मत सम्भारमा स्थानीय सरकारले समेत चासो देखाउनु पर्ने स्थानीय बासिन्दाको भनाई छ । पुल निर्माणपछी हालसम्म पनि बिधिबत रुपमा नगरिएको बताइएको छ । गत बर्ष पुलका पिल्लर तथा बारीपारी नदीले कटान गर्न थालेपछि जाली भरान गरिएपनि एक बर्षमै बगाएको छ ।

पुलको संरक्षण र मर्मतसम्भार हुन नसक्दा जीर्ण बन्दै गएको स्थानीय बासीन्दाको आरोप रहेको छ । गोकुलेश्वर बजारमा डम्पिङ साइट नहुँदा पनि पुललाई असर पारेका स्थानीय समाजसेवी सुरेश श्रेष्ठले बताए । बजार क्षेत्रमा रहेको फोहर सबै पुलमाथिवाट चलेलियामा फाल्ने गरेका छन् । बैतडी –दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको कंक्रिडको आयु ५÷६ बर्ष मात्रै रहेकोले पिच उपिक्नु स्वभाविक भएको सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर शंकर खनालको भनाइ छ । ‘पुल जीर्ण भएको छैन । उनले भने–‘पिच उप्कदैमा पूल जीर्ण हुँदैन ।’

सिंगल लेन पुलमा एकपटकमा एक मात्रै गाडी पास हुन दिएपछि अर्को गाडी लैजानुपर्ने हुन्छ । उनले भने–‘एकैपटकमा सगै एकपछि अर्को लोड गाडी गुडेर पनि केही असर परेको छ ।’ अगामी वर्ष उप्किएको पिच लगायत पुलको मर्मत गरिने सडक डिभिजन कार्यालय पाटन बैतडीले जनाएको छ । दार्चुलाको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो पुल भएर हाल दैनिक दुई सय बढी सवारी साधनहरु चल्ने गर्दछन् ।

 

तपाईंको प्रतिक्रिया दिनुस्